काठमाडौ, युएईसँगको तिन खेलको एक दिवसीय सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले १ सय ७७ रनको विजयी लक्ष्य पाएको छ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको थियो।
एक समय ३१.१ ओभरमा ९३–९ को अवस्थामा रहेको युएईका आयान अफ्जल खान र अज्रत विलालले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरे।
लगातार विकेट पतनपछी दबाबमा आएको युएईका लागि आयानले ५४ र अज्रत २० रनमा नटआउट रहे।
आयानले ६३ बलमा ७ चौका र १ चौका हाने। अज्रतले ५४ बलमा १ छक्का हाने।
आलिसान सराफ ३३, रोहन मुस्ताफा २४ रनमा पवेलियन फर्के। ओपनर मुहम्मद वसिमले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेन्न।
गुल्सन झा र दिपेन्द्रसिंह ऐरिले समान २ विकेट लिए। किफायती बलिङ गरेका दिपेन्द्रले १० ओभरमा ३ मेडन राख्दै २२ रन खर्चे।
७ ओभर बलिङ गरेका गुल्सनले ४२ रन खर्चे। कुशल भुर्तेलले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट झारे। सोमपाल कामी, ललित राजवंशीले समान १ विकेट झारे।
पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा ३ विकेटले जीत निकालेको थियो। नेपाल आजको खेलमा जीत निकाल्दै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ।
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए–नभएकोबारे अध्ययन गरी निर्क्योल गर्न...