काठमाडौ, एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलमा नेपालले युएईलेविरूद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो।
पहिलो खेल ८४ रनले गुमाएको नेपालले दोस्रो खेलमा ३ विकेटको जीत निकाल्दै सिरिज बराबरी गरेको थियो।
दुई खेलमा नेपालका ब्याटरहरु क्रिजमा जम्न सकेका छैनन्। नेपाल आजको खेलमा जीत निकाल्दै सिरिज जित्न चाहान्छ।
उता युएई भने नेपाललाई घरेलु मैदान मै हराउँदै उपाधि जित्ने लक्ष्यमा हुनेछ।
आइसीसी विश्वकप लिग २ को तयारी स्वरुप दुवै टोलीले एक दिवसीय सिरिज खेलेका हुन्।
आजको खेलमा विजयी हुने टिमले श्रृङखलाको उपाधि उचाल्ने छ।
दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...
बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...
युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड टर्किस क्लब गालाटासारेसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा म्यानचेस्टर...