२०८१ बैशाख ८
April 20, 2024, Saturday

विश्व रेकर्डका लागि कालापत्थरमा नाचे जेडी तमु र छिरिङ शेर्पा

विश्व रेकर्डका लागि कालापत्थरमा नाचे जेडी तमु र छिरिङ शेर्पा

काठमाडौं, जेडी तमु र छिरिङ शेर्पाको जोडीले सगरमाथा क्षेत्रको कालापत्थरमा ‘सर्वाधिक उचाइमा कोरियोग्राफी गरिएको युगल नृत्य’मा विश्व कीर्तिमानका लागि प्रयत्न गरेको छ ।

जेडी र छिरिङ नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’बाट चर्चामा आएका हुन् । छिरिङ विजेता हुन् भने जेडी कोरियोग्राफरतर्फका सेकेण्ड रनरअप हुन् ।

पाँच हजार ३०० मिटर उचाइको कालापत्थरमा तीन मिनेट तीन सेकेण्ड लामो गीतको छायांकन गरिएको तमुले जानकारी दिए । मारुनी, साकेला, झ्याउरे, तामाङसेलो र स्याब्रु मिश्रण गरिएको गीतको भिडियोमा जेडी र छिरिङले अभिनय गरेका छन् ।

सर्वाधिक उचाइमा छायांकन गरिएको युगल नृत्यमा अहिलेसम्म कसैले कीर्तिमान नराखेकाले आफूहरुले प्रयास गरेको तमुले बताए । उक्त नृत्यको निर्देशन सरस्वती धिमालले गरेकी छन् ।

भिडियोमा प्रेम पौडेलको छायांकन र अभय पोखरेलको स्टिल फोटोग्राफी छ । छायांकनमा गिनिजको तर्फबाट नेपाल प्रतिनिधि चित्रबहादुर कार्की उपस्थित थिए ।

छायांकनको प्रमाण गिनिजको लण्डन मुख्यालयमा पठाइएपछि अनुमोदन हुनुपर्नेछ । त्यसपछि प्रमाणपत्र प्राप्त भएपछि कीर्तिमानले आधिकारिकता पाउनेछ ।

Related News

इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव
इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव
  • २०७९ मंसिर २, शुक्रबार १९:०८ गते

इलामको अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय...

पोखरामा बस दुर्घटना, नौ घाइते
पोखरामा बस दुर्घटना, नौ घाइते
  • २०७९ मंसिर २, शुक्रबार १९:०८ गते

लेखनाथ, चैत २९ गते। पोखरामा बिहीबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा नौ जना घाइते भएका छन्। काठमाडौंबाट म्याग्दी जाँदै गरेको ग...

नयाँ वर्षको अवसरमा पर्यटकले होमस्टे भरिभराउ
नयाँ वर्षको अवसरमा पर्यटकले होमस्टे भरिभराउ
  • २०७९ मंसिर २, शुक्रबार १९:०८ गते

कावासोती, चैत २९ गते । नयाँ वर्षको अवसरमा स्थानीय होमस्टे पर्यटकहरूले भरिभराउ भएको छ । विगत वर्षझैँ यो वर्ष पनि नवलपुरका...

TOP