सोलुखुम्बु, सोलुखुम्बुमा एक मतदान अधिकृत मृत भेटिएका छन्। नेचासल्यान गाउँपालिका-४ स्थित फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय आज बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएका हुन्।
घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थल पुगिसकेको छ। सर्लाही हरिपुर्वा नगरपालिका(५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए। उनले लामो समयदेखि सुगर र मुटुको औषधी प्रयोग गर्दै आएको पाइएको प्रहरीले जनाएको छ।
शुक्रबारमात्रै धनकुटाको साँगुरीगढी गाउँपालिका-३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी पवित्रा याखा लिम्बूको मृत्यु भएको थियो।
पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...
अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ। चौतिस वर्षीय...
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...