२०८० मंसिर २१
December 7, 2023, Thursday

दिउँसो १ बजेसम्म ३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

दिउँसो १ बजेसम्म ३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

काठमाडौ, निर्वाचन आयोगले ३२ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिएको छ। दिउँसो १ बजेसम्म ३२ प्रतिशत मत खसेको आयोगले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशैभर बिहान ७ बजेबाट मतदान भइरहेको छ।

केही ठाउँमा झडप र विवादका घटनाहरु सुनिएपनि धेरैजसो ठाउँमा अवस्था सामान्य रहेको आयोगले जनाएको छ।

करिब ५० ठाउँमा मतदान विवादका कारण प्रभावित भएको थियो। तीमध्ये ३० बढी स्थानमा पुनः सुचारु भइसकेको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बिहानैदेखि अघिल्ला निर्वाचनहरुको तुलनामा कम मत खसिरहेको बताएका छन्।

‘पहिलेभन्दा यो पटक कम मत खसिरहेको छ,’ उनले भने, ‘यही गतिमा मतदान भइरहे मत प्रतिशत घट्ने संभावना छ, तर अहिले नै कति खस्छ भन्ने यकिन गर्न सकिँदैन,’

पौडेलका अुनसार देशभर अहिलेसम्म छिटपुट घटनाबाहेक शान्तिपूर्ण मतदान भइरहेको छ। रोकिएको केही ठाउँको पनि आवश्यक सहजीकरणपछि मतदान अघि बढेको छ।

Related News

राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
  • २०७९ मंसिर ४, आईतवार १३:४२ गते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...

नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
  • २०७९ मंसिर ४, आईतवार १३:४२ गते

 नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
  • २०७९ मंसिर ४, आईतवार १३:४२ गते

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...

TOP