काठमाडौँ, निर्वाचन आयोगले केन्द्रको पूर्वसहमति नलिईकन कुनै पनि स्थानको मतदान स्थगित नगर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।
छिटफुट अवरोधको अस्थामा समेत मतदान अधिकृतहरुले केही स्थानमा मतदान स्थगित गर्ने थालेपछि आयोगले केन्द्रमा जानकारी नदिई स्थगन नगर्ने भनेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आइतबार ५ बजेसम्म मतदानको समय तोकिएकाले त्यो अवधिभित्र स्थगन नगर्न भनिएको छ ।
कुनै पनि स्थानमा स्थगन गर्नेपर्ने स्थिति आए आयोगको पूर्वसहमति लिनुपर्ने उनले जानकारी दिए ।
अहिलेकोसम्म करिब एक दर्जन भन्दा बढी स्थानमा मतदान स्थगित भएको छ । कतै स्थगित भएका स्थानमा पुन: मतदान सूचारु भइसकेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...
नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...
उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...