२०८० मंसिर २०
December 6, 2023, Wednesday

प्रदेश १ मा ५० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रदेश १ मा ५० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

बिराटनगर, प्रदेश १ का १ हजार ८ सय ९७ मतदानस्थलमध्ये एउटामा बाहेक सबैमा निर्वाचन शान्तिपूर्ण तरिकाले भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदीप गिरीका अनुसार ताप्लेजुङको आठराई त्रिवेणीमा विवादका कारण मतदान रोकिएको छ ।

पुनः मतदान सुचारु गराउन सर्वपक्षीय छलफल जारी रहेको गिरीले जानकारी दिए । ‘एक ठाउँमा बाहेक सबैतिर शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ,’ गिरीले भने, ‘ताप्लेजुङको आठराई त्रिवेणीमा भने मतदान रोकिएको छ । त्यहाँ सुचारु गर्ने प्रयास जारी छ ।’

उनले प्रदेश १ मा अहिलेसम्ममा ५० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताए । प्रदेश १ मा १ हजार ८ सय ९७ मतदान स्थल र ४ हजार ९९ वटा मतदान केन्द्र रहेको छ ।

मतदान सम्पन्न गराउन प्रदेशमा ३२ हजार ७ सय ९२ जना कर्मचारी र १६ हजार ३ सय ९६ जना स्वयमसेविका परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै सुरक्षाका लागि प्रदेश १ मा नेपाल प्रहरी र म्यादी मात्र ३१ हजार १ सय २२ जना प्रहरी परिचालन भएका छन् । निर्वाचनमा प्रहरी मात्र ११ हजार १ सय ५६ र म्यादी प्रहरी १९ हजार ९ सय ६६ जना परिचालन भएको १ नं। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए ।

प्रदेशमा निर्वाचनमा ४ सय ३८ वटा मतदान स्थल ‘अति संवेदनशील’ रहेको सुरक्षा विश्लेषण थियो ।

Related News

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ मंसिर ४, आईतवार १७:३४ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ मंसिर ४, आईतवार १७:३४ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ
रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ
  • २०७९ मंसिर ४, आईतवार १७:३४ गते

 रुसी सेनामा नेपाली पठाउने गिरोहका सदस्यहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझसम्म नेपाली युवाहरुलाई अवैध...

TOP