विराटनगर, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमै सरकार बन्ने बताएका छन् ।
उनले कांग्रेसको नेतृत्वमा सरकार बनेपनि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा भने नतिजापछि विचार गर्ने बताए ।
विराटनगरको आदर्श मावि मतदान केन्द्रमा मतदान गरेपछि नेता कोइरालले गठबन्धन सरकारको नेतृत्वको कांग्रेसले नै गर्ने बताए ।
उनले भने,‘अरुले दाबी गर्ने हो सरकार कांग्रेसको नेतृत्वमा बन्छ । यस पटकको निर्वाचनपछि सुसासन दिन्छौ, पारदर्शी र जनताप्रति जवाफदेही हुन्छौँ, भ्रष्टाचार न्यूनीकरण गर्छौँ भनेका छौं ।’
यदि सरकारले त्यो गर्न सकेन भने अर्को सरकार बन्ने समेत उनले बताए । नेता कोइरालाले अहिलेको गठबन्धनका दलहरु एकसाथ हुने र अरु केही मिल्न सकिने दलहरुसँग पनि चुनावी परिणामका आधारमा मिल्न सकिने बताए ।
उनले एमालेको अवस्था दोस्रो वा तेस्रो हुने र कांग्रेस पहिलो पार्टी नै हुने दाबी गरे । आजको निर्वाचनले संविधानको रक्षा, राजनीतिक स्थिरता, भ्रष्टाचार न्यूनीकरण र सुशासनको सन्देश दिने बताए ।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...