२०८० मंसिर २०
December 6, 2023, Wednesday

मतदान बहिष्कार गर्न भाषण गर्दै विप्लवका नेता, धमाधम भोट हाल्दै थवाङ्गी जनता

मतदान बहिष्कार गर्न भाषण गर्दै विप्लवका नेता, धमाधम भोट हाल्दै थवाङ्गी जनता

रोल्पा, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को बहिष्कार आह्वानका बाबजुद रोल्पाको थवाङ्गमा विस्तारै मतदाताहरु लाइनमा लाग्न थालेका छन्।

मतदान सुरु भएको एक घण्टाभित्र निकै कम खसे पनि दिउँसो लाग्दै गर्दा थवाङ्गी मतदाताहरु मतदानस्थल पुग्न थालेका हुन्।

विप्लव नेतृत्वको नेकपाको प्रभाव रहेको थवाङ्गमा मतदान बहिष्कार अभियानलाई सफल पार्न सो पार्टीका नेता जयप्रकाश रोका (प्रताप) खटिएका छन्। थवाङ्ग घर भएका रोका नेकपा प्रतिबन्धित हुँदा सो पार्टीको रोल्पा जिल्ला सेक्रेटरी थिए।

नेकपामाथिको प्रतिबन्ध लागेका बेला पक्राउसमेत परेका उनले २ वर्ष जेलमा बिताएका थिए। सो पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएपछि उनी रिहा भएका हुन्।

मतदानस्थलमा रहेका पत्रका गोविन सहयात्रीका अनुसार, थवाङ्ग– २ वडा कार्यालय नजिकै रहेको मतदानस्थलमा पुगेका मतदाताहरुलाई नेकपा नेता रोकाले भाषणमार्फत बहिष्कार गर्न आह्वान गरिरहेका छन्।

‘वास्तविक हतियार भन्दा वैचारिक हतियार बलियो हुन्छ भन्ने उहाँको भनाइ छ’ सहयात्रीले भने, ‘त्यसैले, आफूहरु भौतिक बहिस्कार भन्दा बैचारिक बहिस्कारको पक्षमा रहेको उहाँले बताउनुभएको छ।’

नेता रोकाले आफू वैचारिक बहिष्कारको पक्षमा रहे पनि देशभर विप्लव नेकपाले ‘भौतिक बहिष्कार’ नै गरिरहेको छ। यसक्रममा ठाउँठाउँमा विप्लवका कार्यकर्ताहरुले बम विस्फोटसमेत गराएका छन्।

विप्लव समूहको प्रभाव रहेको मूल थवाङ्गको वडा नं २ मा बिहान ८ बजेसम्म जम्मा ६ मत खसेको थियो। एक घण्टाभित्र त्यति कम मत खसे पनि बिहान साढे ९ बजेसम्म २ नं वडामा ९० मत खसे भने १ नं वडामा ९६ मत खसेका थिए।

‘बिहानको तुलनामा अहिले धेरै खसे पनि मतदाता संख्याको तुलनामा यो पनि कम मत खसेको हो’, उनले भने, ‘किनभने, थवाङ्ग– १ मा १ हजार ५ सय ७७ र थवाङ– २ मा १ हजार ३ सय १४ मतदाता छन्।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिस्कार गरे पनि विप्लव नेतृत्वको नेकपाका नेता–कार्यकर्ता भने स्थानीय तह निर्वाचन– २०७९ मा सहभागी थिए। थवाङ गाउँपालिकामा एमाले र नेपाली कांग्रेससँग विप्लव समूहले गठबन्धन गरेको थियो।

तर, कांग्रेस–एमालेसँगको गठबन्धनका बाबजुद विप्लव समूहले थवाङ्गमा विजय हासिल गर्न सकेन। २०७४ को स्थानीय तह निर्वाचनमा उसले विजय हासिल गरेको थवाङ्ग– १ मा समेत उसले २०७९ को स्थानीय तह निर्वाचनमा पराजय भोग्नुपर्यो।

यसपटकको आम निर्वाचनमा भने रोल्पामा माओवादी र नेपाली कांग्रेसबीच गठबन्धन भएको छ। तालमेल अनुसार प्रतिनिधि सभामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उम्मेदवार छन्।

रोल्पा– १ मा भने माओवादी केन्द्रका जोखबहादुर महरा र रोल्पा– २ मा नेपाली कांग्रेसका अमरसिंह पुन गठबन्धनबाट उम्मेदवार बनेका छन्।

Related News

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ मंसिर ४, आईतवार ११:३९ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
  • २०७९ मंसिर ४, आईतवार ११:३९ गते

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ मंसिर ४, आईतवार ११:३९ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

TOP