काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताएका छन् ।
काठमाडौं-४ मा कांग्रेसका उम्मेदवार थापाले मतदानपछि संक्षिप्त कुरा गर्दै सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए ।
त्यही भनेर आफू मतदातामाझ गएको भन्दै उनले भने, ‘मत परिणामले यो क्षेत्रको सांसद दिने मात्र होइन, संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्ने चरणको रुपमा लिएको छु ।’
मूलधारको राजनीतिक दलभित्र परिर्वतन कसरी सम्भव छ ? परिर्वतन भयो भने के अर्थ राख्छ ? भनेर काठमाडौं- ४ का मतदातालाई हेक्का रहेको उनले बताए ।
काठमाडौं । आम जनता पार्टी (आजपा)ले बिभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आजपाको बसेको स्थायी कमिटीको बैठकको निर्णय...
आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । स्वबासी, सुकुम्वासी...