२०८० चैत्र १५
March 28, 2024, Thursday

अमेरिकामा नाइट क्लबमा गोली चल्दा ५ को मृत्यु, कम्तीमा १८ को घाइते

अमेरिकामा नाइट क्लबमा गोली चल्दा ५ को मृत्यु, कम्तीमा १८ को घाइते

एजेन्सी, अमेरिकाको कोलोराडो राज्यमा एक समलिङ्गी नाइट क्लबमा शनिबार राति गोलीबारी हुँदा पाँच जनाको हत्या भएको छ ।

क्लब क्यु नामक उक्त नाइट क्लबमा भएको गोलीबारीमा अन्य १८ जना घाइते भएका छन् ।

राति ११ः५७ मिनेटमा आपतकालीन नम्बर ९११ मा कयौं फोन आएपछि प्रहरी घटनास्थल पुगेको कोलोराडो स्प्रिङकाका प्रहरी लेफ्टिनेन्ट पामेला क्यास्ट्रोले बताइन् ।

‘प्रहरीले एक जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ,’ क्यास्ट्रोले भनिन् । प्रहरीले आक्रमणको सम्भावित कारणबारे केही बताउन अस्वीकार गरेको छ ।

साथै गोलीबारी कसरी समाप्त भयो भन्ने विवरण पनि प्रहरीले सार्वजनिक गर्न बाँकी नै छ ।

कोलोराडो स्प्रिंग्सका अग्निनियन्त्रक निकायका क्याप्टेन माइक स्माल्डिनोले घटनास्थलबाट कयौं फोन आएपछि ११ एम्बुलेन्स घटनास्थल पुगेको जानकारी दिए ।

सामाजिक सञ्जालमा एक विज्ञप्तिमा, क्लब क्यूले ‘हाम्रो समुदायमा भएको मूर्खतापूर्ण आक्रमणबाट स्तब्ध भएको’ बताए ।

साथै क्लबले पीडित र उनीहरूका परिवारप्रति समवेदना प्रकट गरेको छ ।

सीएनएनबाट

Related News

कार्गो जहाज ठोक्किँदा बाल्टिमोरमा पुल भत्कियो
कार्गो जहाज ठोक्किँदा बाल्टिमोरमा पुल भत्कियो
  • २०७९ मंसिर ४, आईतवार १७:४० गते

 वाशिंगटन । अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट ब्रिज’ को एक भाग भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार...

फ्रान्स दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा शुरु
फ्रान्स दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा शुरु
  • २०७९ मंसिर ४, आईतवार १७:४० गते

लिस्बन : पोर्चुगलमा राहदानी सम्बन्धी समस्यामा परेका नेपालीलाई राहदानी सेवा दिन शुरु गरिएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय...

मध्य भियतनाममा विषाक्त खाना खाएपछि १९५ जना अस्पताल भर्ना
मध्य भियतनाममा विषाक्त खाना खाएपछि १९५ जना अस्पताल भर्ना
  • २०७९ मंसिर ४, आईतवार १७:४० गते

हनोई, भयितनाम, चैत २ गते । भियतनामको खान्ह होआ प्रान्तको केन्द्रीय शहर न्हा ट्राङको एक होटलमा खाना खाएपछि बिरामी परेको...

TOP