२०८० मंसिर २१
December 7, 2023, Thursday

इण्डोनेशियामा शक्तिशाली भूकम्प‚ ४६ जनाको मृत्यु

इण्डोनेशियामा शक्तिशाली भूकम्प‚ ४६ जनाको मृत्यु

एजेन्सी, इण्डोनेशियामा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा ४६ जनाको मृत्यु भएको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार पश्चिम जाभा प्रान्तको सियानजुर क्षेत्रमा केन्द्रबिन्दू भएर आज ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा ४६ जनाको मृत्यु भएको हो।

भूकम्पपछि मच्चिएको भागदौडमा ७ सय जनाभन्दा बढी घाइते भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पबाट दर्जनौं घर क्षतिग्रस्त भएका छन्।

नागरिकहरूलाई सुरक्षाकर्मीको सहयोगमा खुल्ला स्थानमा पठाइएको छ। भूकम्पपछि इण्डोनेशियाको सियानजुर वरपर धेरै ठाउँमा पहिरो गएको छ।

इस्लामिक बोर्डिङ स्कुल, अस्पताल र अन्य सार्वजनिक भवनहरू क्षतिग्रस्त भएका छन्। हताहत र क्षतिको विवरण संकलन भइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताईएको छ।

भूकम्पले राजधानीका अग्ला भवनहरू ३ मिनेटभन्दा बढी हल्लिएका थिए।

Related News

लेबनान–इजरायली सीमामा झडप जारी
लेबनान–इजरायली सीमामा झडप जारी
  • २०७९ मंसिर ५, सोमबार १९:११ गते

अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...

रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
  • २०७९ मंसिर ५, सोमबार १९:११ गते

अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
  • २०७९ मंसिर ५, सोमबार १९:११ गते

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...

TOP