२०८० मंसिर २१
December 7, 2023, Thursday

मोरङमा एमाले २, कांग्रेस २, माओवादी र स्वतन्त्र १–१ क्षेत्रमा अगाडि

मोरङमा एमाले २, कांग्रेस २, माओवादी र स्वतन्त्र १–१ क्षेत्रमा अगाडि

विराटनगर, प्रतिनिधि सभाका ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा २ क्षेत्रमा एमाले र २ क्षेत्रमा कांग्रेसका उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् ।

एउटा क्षेत्रमा एमालेका बागी र एउटामा माओवादीका उम्मेदवारको अग्रता रहेको छ । मोरङ क्षेत्र नम्बर १ मा नेकपा एमालेको अग्रता छ ।

त्यहाँ नेकपा एमालेका घनश्याम खतिवडाले १७०१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले ११७० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मोरङ क्षेत्र नम्बर २ मा पनि एमालेले अग्रता कायम राखेको छ । एमालेका ऋषिकेश पोखरेलले १९९५ मत ल्याउँदा नेपाली कांग्रेसका सुजाता कोइरालाले १५२० प्रप्त गरेकी छन् । राष्टिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले २२६ मत प्राप्त गरेका छन् ।

मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्मा अगाडि छन् । उनले १८८७ मत ल्याउँदा नेकपा एमालेका भानुभक्त ढकालले ८७८ मत ल्याएका छन् ।

राप्रपाकी रेखा थापा भने तेस्रो स्थानमा छन् । उनले ३८९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मोरङ क्षेत्र नम्बर ४ मा माओवादीका अमनलाल मोदीले अग्रता कायम राखेको छन् । मोदीले ५७९२ मत ल्याँउदा नेकपा एमालेका विनोद ढकालले ४१४९ मतका पाएका छन् । त्यहँ राप्रपाले ३२६ मत पाएको छ ।

मोरङ क्षेत्र नम्बर ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डलले ३६९३ मत ल्याएका छन् । जनता समाजवादी पार्टीका राजकुमार यादवले ३२९४ मत ल्याएका छन् ।

त्यस्तै गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले ३१२२ मत ल्याएर तेश्रो स्थानमा छन् ।
मोरङ क्षेत्र नम्बर ६ मा डा. शेखर कोइराला अगाडि छन् ।

नेपाली कांग्रेसका कोइरालाले १७७७ मत प्राप्त गर्दा नेकपा एमालेका लालबाबु पण्डितले १६३२ मत प्राप्त गरेका छन् । राष्टिय स्वतन्त्र पार्टीले ५१३ मत प्राप्त गरेको छ ।

Related News

नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
  • २०७९ मंसिर ६, मंगलवार ०८:०८ गते

 नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
  • २०७९ मंसिर ६, मंगलवार ०८:०८ गते

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर ६, मंगलवार ०८:०८ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

TOP