काठमाडौ, साउदी अरेबियासँग पराजित भएसँगै अर्जेन्टिना ऐतिहासिक कीर्तिमानबाट चुकेको छ। अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रामा मंगलबार साउदीले ब्रेक लगाइदिएको हो।
साउदीसँग नहारेको भए अर्जेन्टिनाले ३७ खेल लामा अपराजित यात्रा इटलीसँग साझेदार गर्ने थियो। यसअघि सबैभन्दा लामो अपराजित यात्रा इटलीको नाममा छ।
समूह डीमा तुलनात्मक रुपमा कमजोर मानिएको साउदीले पुनरागमन जित दर्ता गरेको हो। अर्जेन्टिनाका लागि ९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
पहिलो हाफ १–० को अग्रतामा सकिए पनि दोस्रो हाफमा साउदीले आक्रामक खेल खेल्यो। साउदीका लागि खेलको ४८ औं मिनेटमा सलेह अलसेहरीको गोलमा बराबरी गरेको साउदीका लागि ५३औँ मिनेटमा सलिम अल दावसरीले गोल गर्दै महत्वपूर्ण जित दिलाए।
सधैँ साउदीमाथि हाबी हुँदै आएको अर्जेन्टिनाले पहिलो पटक हार व्यहोरेको हो।
हारसँगै अर्जेन्टिनाको अघिल्लो चरण यात्रामा धक्का लागेको छ। अब मेक्सीको र पोल्याण्डसँग खेल्न बाँकी छ। अघिल्लो चरणका लागि अर्जेन्टिनालाई यी खेल जित्नै पर्ने दबाब छ।
पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...
दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...
बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...