२०८० मंसिर २१
December 7, 2023, Thursday

प्रतिनिधिसभामा अहिलेसम्म ८२ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक

प्रतिनिधिसभामा अहिलेसम्म ८२ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक

काठमाडौ, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८२ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ।

देशका १६५ निर्वाचन क्षेत्रमध्ये बिहीबार दिउँसो सवा ३ बजेसम्म ८२ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको हो।

८२ मध्ये ३१ निर्वाचन क्षेत्रमा जीत निकालेर नेपाली कांग्रेस पहिलो स्थानमा छ। सत्तारुढ दलहरुसँग चुनावी गठबन्धन गरेको कांग्रेसले ९१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको थियो।

समानुपातिक निर्वाचन प्रणालीतर्फ सबैभन्दा धेरै मत प्राप्त गरेको नेकपा (एमाले) अहिलेसम्म प्रतिनिधिसभाका १८ वटा क्षेत्रमा विजयी भएको छ।

सत्ता बाहिर रहेका विभिन्न दलहरुसँग चुनावी गठबन्धनमा रहेको एमालेले १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ।

४६ क्षेत्रमा उम्मेदवारी दिएको सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रले अहिलेसम्म प्रतिनिधिसभाका ९ क्षेत्रमा जीत हाँसिल गरेको छ।

त्यसैगरी २१ स्थानमा उम्मेदवारी दिएको सत्ता गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीले अहिलेसम्म ७ सीटमा जीत दर्ता गरेको छ।

केही महिनाअघि मात्रै दर्ता भएको पूर्व सञ्चारकर्मी रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म प्रतिनिधिसभाका ६ निर्वाचन क्षेत्रमा जीत निकालेको छ।

केही क्षेत्रमा एमालेसँग चुनावी तालमेल गरेको राप्रपा अहिलेसम्म ४ क्षेत्रमा विजयी भएको छ।

सत्ता गठबन्धनमै रहेको लोसपा दुई क्षेत्रमा विजयी हुँदा एमालेसँग गठबन्धन गरेको अर्को मधेशवादी दल जनता समाजवादी पार्टीले भने अहिलेसम्म एउटा क्षेत्रमा मात्रै जीत निकालेको छ।

त्यसैगरी सत्ता गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा एक क्षेत्रमा विजयी हुँदा स्थानीय तह निर्वाचनको संघारमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले पनि १ सीट जीतेको छ।

त्यसैगरी अहिलेसम्म नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीले १ क्षेत्रमा जीत दर्ता गर्दा बर्दियाबाट १ जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्।

हेर्नुस् प्रतिनिधिसभामा अहिलेसम्म विजयी हुनेहरुको सूची

नेपाली कांग्रेस
(१). मुस्ताङ– योगेश शेरचन
(२) मनाङ– टेकबहादुर गुरुङ
(३) काठमाडौं १ – प्रकाशमान सिंह
(४) काठमाडौं ३ – सन्तोष चालिसे
(५) काठमाडौं ४– गगनकुमार थापा
(६) काठमाडौं ५ – प्रदीप पौडेल
(७) रसुवा– मोहन आचार्य
(८) ललितपुर १– उदय शमशेर जबरा
(९) तनहुँ २ – शंकर भण्डारी
(१०) डडेल्धुरा– शेरबहादुर देउवा
(११) काठमाडौं १० – राजेन्द्रकुमार केसी
(१२) पर्सा ४ – रमेशकुमार रिजाल
(१३) सुर्खेत २ – हृदयराम थानी
(१४) ओखलढुंगा– रामहरि खतिवडा
(१५) झापा १– विश्वप्रकाश शर्मा
(१६) पर्सा १– अजयकुमार चौरसिया
(१७) गोरखा १– राजेन्द्र बजगाँई
(१८) म्याग्दी– खमबहादुर गर्बुजा
(१९) अछाम २ – पुष्पबहादुर शाह
(२०) कैलाली ४ – वीरबहादुर बलायर
(२१) दार्चुला – दिलेन्द्र प्रसाद बडू
(२२) कञ्चनपुर ३ – रमेश लेखक
(२३) कञ्चनपुर २– एनपी साउद
(२४) मोहनबहादुर बस्नेत
(२५) दैलेख २ – दिक्पालकुमार शाही
(२६) भक्तपुर २ – दुर्लभ थापा
(२७) नवलपरासी पूर्व १ ( शशांक कोइराला
(२८) तनहुँ १ ( रामचन्द्र पौडेल
(२९) बाँके ३ ( किशोरसिंह राठोर
(३०) रौतहट ४ ( देवप्रकाश तिमल्सिना

(३२) धादिडं १ रामनाथ अधिकारी

नेकपा एमाले
१ उदयपुर २ – अम्बरबहादुर रायमाझी
२ काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
३ ललितपुर २– प्रेमबहादुर महर्जन
४ गुल्मी २ – गोकर्ण विष्ट
५ झापा २ – देवराज घिमिरे
६ झापा ५ – केपी शर्मा ओली
७ ताप्लेजुङ– योगेश भट्टराई
८ पर्सा ३ – राजकुमार गुप्ता
९ अर्घाखाँची – टोपबहादुर रायमाझी
१० प्युठान – सूर्य थापा
११ लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१२ मकवानपुर २ – महेश बर्तौला
१३ सोलुखुम्बु मानवीर राई
१४ पर्वत पदम गिरी
१५ झापा- ४ लालप्रसाद साँवा लिम्बु
१६ रुपन्देही – ५ बासुदेव घिमिरे
१७ धनकुटा -राजेन्द्रकुमार राई
१८ कास्की -२ विद्या भट्टराई

नेकपा (माओवादी केन्द्र)
१ सिन्धुली २– लेखनाथ दाहाल
२ सिन्धुपाल्चोक १ – माधव सापकोटा
३ बाग्लुङ २ – देवेन्द्र पौडेल
४ रोल्पा – वर्षमान पुन
५ रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
६ जाजरकोट – शक्तिबहादुर बस्नेत
७ गोरखा २ – पुष्पकमल दाहाल
८ दाङ -२ रेखा शर्मा
९ खोटाङ-रामकुमार राई

नेकपा एकीकृत समाजवादी
१ अछाम १ – शेरबहादुर कुँवर
२ बारा ४ – कृष्णकुमार श्रेष्ठ
३ बझाङ – भानुभक्त जोशी
४ दैलेख १ – अमरबहादुर थापा
५ डोटी – प्रेम आले
६ सल्यान – प्रकाश ज्वाला
७ रौतहट -१ माधवकुमार नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टी
१ काठमाडौं ७ – गणेश पराजुली
२ काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
३ काठमाडौं २ – सोबिता गौतम
४ काठमाडौं ६ – शिशिर खनाल
५ चितवन -२ रवि लामिछाने
६ ललितपुर -३ डा.तोसिमा कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा
१ बाँके २ – धवलसमशेर जबरा
२ जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३ मकवानपुर -१ दीपकबहादुर सिंह

४ झापा ३ राजेन्द्र लिडंदेन

लोकतान्त्रिक समाजवादी पार्टी
१ रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
२ सर्लाही -१ रामप्रकाश चौधरी

जनता समाजवादी पार्टी ९जसपा०
१ पर्सा १ – प्रदीप यादव

नेमकिपा
१ भक्तपुर १-प्रेम सुवाल

राष्ट्रिय जनमोर्चा
१ बाग्लुङ – चित्रबहादुर केसी

नागरिक उन्मुक्ति पार्टी
(१) कैलाली १– गंगाराम चौधरी

जनमत पार्टी
(१) सप्तरी -२ सीके राउत

स्वतन्त्र
(१) बर्दिया २ – लालवीर चौधरी

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर ८, बिहीबार १६:१६ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ मंसिर ८, बिहीबार १६:१६ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ मंसिर ८, बिहीबार १६:१६ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP