एजेन्सी, कतारमा जारी फिफा विश्वकप अन्तर्गत गएराति सम्पन्न खेलमा इंग्ल्याण्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका छन् ।
अल बायत स्टेडियममा भएको समूह ‘बी’ को खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य बने ।
खेलको नवौं मिनेटमा रहिम स्टर्लिङको कटब्याकमा ह्यारी केनको प्रहारलाई अमेरिकी डिफेन्डर टिम रिमले विफल पारे ।
२६ अौं मिनेटमा टिम वेहको क्रसमा वेस्टन मक्केनीको भली पोस्टभन्दा थोरै माथिबाट जाँदा अमेरिका अग्रता लिनबाट चुक्यो ।
३२ अौं मिनेटमा अमेरिकाका क्रिस्टियन पुलिसिचको प्रहार क्रसबारमा लागेर बाहिरियो । ४५ अौं मिनेटमा लुक शाको कटब्याकलाई बुकायो साकाले पोस्टको दिशा दिन सकेनन् ।
लगत्तै मेसन माउन्टको प्रहारलाई अमेरिकी गोलरक्षक म्याट टर्नरले बचाउ गरे । यो नतिजासँगै इंग्ल्याण्डले दुई खेलबाट चार अंक जोड्दा अमेरिकाको समान खेलबाट दुई अंक छ ।
त्यस्तै, समूह ‘ए’ अन्तर्गत भएको खेलमा नेदरल्याड्ण्सले इक्वेडरले १–१ को बराबरी खेलेका छन् । खलिफा अन्तर्राष्ट्रिय रंगशालामा खेलको छैटौं मिनेटमै कोडी गाक्पोको गोलमार्फत डच टोलीले सुरुवाती अग्रता लिएको थियो ।
४९ औं मिनेटमा इक्वेडरका इनर भ्यालेन्सियाले गोल गरेपछि खेल १–१ को बराबरीमा सकियो । यो नतिजासँगै दुवै टोलीले दुई खेलबाट समान चार अंक जोडेका छन् ।
दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...
बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...
युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड टर्किस क्लब गालाटासारेसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा म्यानचेस्टर...