२०८१ श्रावण ९
July 24, 2024, Wednesday

समानुपातिकमा कांग्रेसभन्दा एमाले ६५ हजारले अघि, घण्टीभन्दा हँसिया/हथौडा २० हजारले पछि

समानुपातिकमा कांग्रेसभन्दा एमाले ६५ हजारले अघि, घण्टीभन्दा हँसिया/हथौडा २० हजारले पछि

काठमाडौ, प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ। आज बिहान ७ः१५ बजेसम्मको तथ्यांकअनुसार एमालेले १७ लाख ३० हजार ८ सय ९३ समानुपातिक मत ल्याएको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले यो खबर तयार पार्दासम्म १६ लाख ६५ हजार ४ सय १३ समानुपातिक मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

आयोगको विवरणअनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो तेस्रो स्थान कायमै राखेको छ। उसले अहिलेसम्म ७ लाख ५५ हजार २ सय ३३ मत पाएको छ।

यसैगरी चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ७ लाख ३४ हजार ९ सय ६३ समानुपातिक मत ल्याएको छ। पाँचौं स्थानमा रहेर राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ८७ हजार ८ सय ८९ समानुपातिक मत ल्याएको छ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी
१७३०८९३

नेपाली कांग्रेस

१६६५४१३
राष्ट्रिय स्वतन्त्र पार्टी
७५५२३३

एकल चिह्न गोलाकारभित्र हँसिया हथौडा ९नेकपा माओवादी केन्द्र÷नेपाल समाजवादी पार्टी
७३४९६३

राष्ट्रिय प्रजातन्त्र पार्टी
३८७८८९

जनता समाजवादी पार्टी, नेपाल
२०६६८९

नेकपा एकीकृत समाजवादी
१५२०८५

नागरिक उन्मुक्ति पार्टी
१३७०५१

जनमत पार्टी
१३४५०३

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
८१४११

नेपाल मजदुर किसान पार्टी
६०४८७

हाम्रो नेपाली पार्टी
४०३४४

राष्ट्रिय जनमोर्चा
३७३१८

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७९ मंसिर १०, शनिबार ०८:२१ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७९ मंसिर १०, शनिबार ०८:२१ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०७९ मंसिर १०, शनिबार ०८:२१ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

TOP