काठमाडौं, चुनावपछि सेयर बजारमा आइतबार उत्साह देखियो । नयाँ सरकारको आशमा उत्साहित बनेका लगानीकर्ताले आइतबार सेयर २ अर्ब रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्रि गरेका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ३२.४३ विन्दूले बढेर १९६५.८ अंकमा आएको छ ।
करिब २ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । ३२ सय हाराहारीमा पुगेको बजार अहिले १९ सयको लाइनमा छ ।
आजै मौद्रिक नीतिको समीक्षा आउने र सो मार्फत केही लचक नीति लिने आशमा लगानीकर्ता उत्साहित बनेको देखिएका छन् ।
आजको बजारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ । बजार पुँजीकरण २८ खर्ब २७ अर्ब पुगेको छ ।
पोखरा, पोखराबाट काठमाडौँ जाने काम परेपछि आइतबार मैले एउटा टिकट काटेको थिएँ । टिकट बिहान ९ बजेर ४० मिनेटको थियो...
दोलखा, दोलखाको सदरमुकाम चरीकोट स्थितको भीमेश्वर नगरपालिकाले लागत साझेदारीमा गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको छ । नगरभित्रका एकल...
काठमाडौं, पछिल्लो चार महिनायता बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार कात्तिकयता आँटा...