२०८१ बैशाख १४
April 26, 2024, Friday

निर्वाचन परिणामसँगै भारतीय राजदूतको सक्रियता बढ्यो, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालसँग भेट

निर्वाचन परिणामसँगै भारतीय राजदूतको सक्रियता बढ्यो, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालसँग भेट

काठमाडौ– मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभाको नजिता आउनेक्रम अन्तिमतिर पुगेसँगै आगामी सत्ता समीकरणबारे चासो राख्दै भारतीय राजदूत सक्रिय भएका छन्।

भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भेट गरेका छन्।

प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति देउवासँगको भेटलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाललाई भेट्न राजदूत श्रीवास्तव खुमलटार पुगेका थिए।

खुमलटार र बालुवाटार स्रोतले भेटमा राजदूतसँग अहिलेको राजनीति अवस्थाको बारेमा पनि कुरा भएको स्वीकार गरेको छ।

‘भारतीय राजदूतले मंसिर ४को निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा भारतीय पक्षको शुभकामना सुनाउनु भयो’, खुमलटार स्रोतले भन्यो, ‘भेटमा अहिलेको नतिजा र आगामी सरकारमा बारेमा स्वभाविक कुारकानी भएको छ। ’

बालुवाटार स्रोतका अनुसार राजदूतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश र आगामी सत्ता गठबन्धन र सरकार बारेमा चासो राखेका छन्।

हालसम्मको नतिजा हेर्दा सहज रुपमा कसैको पनि सरकार नबन्ने र धेरै दलहका बीचमा गठबन्धन गर्नुपर्ने देखिएको छ।

त्यसैले धेरै दल मिलेर मिलिजुली सरकार बनाउनुपर्ने भएकाले विदेशी चासो पनि धेरै हुने देखिएको विश्लेषण गरिएको छ।

Related News

लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो ः मन्त्री बस्नेत
लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो ः मन्त्री बस्नेत
  • २०७९ मंसिर ११, आईतवार ०९:१७ गते

काठमाडौं । उर्जा जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आगामीलगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै नीतिगत सुधारका काम अगाडि बढाएको जानकारी...

जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
  • २०७९ मंसिर ११, आईतवार ०९:१७ गते

काठमाडौं । अनलाईन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा...

प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र
प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र
  • २०७९ मंसिर ११, आईतवार ०९:१७ गते

मुगु । बजेट अभावका कारण मुगुमा प्रहरी चौकीकै भवन निर्माण पाँच वर्ष देखि अलपत्र अवस्थामा छ ।एक वर्षमा निर्माण सम्पन...

TOP