काठमाडौं, उदयपुर क्षेत्र नम्बर-१ मा रोकिएको मतगणना कार्यलाई निरन्तरता दिन निर्वाचन आयोगले निर्देशन दिएको छ ।
आयोगले सोमबार उदयपुरका मुख्य निर्वाच अधिकृतको कार्यालयलाई मतगणनापूर्व भएको सहमतीको आधारमा मतगणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको हो ।
आयोगका उप-सचिव ऋषिराम अर्यालले जारी गरेको पत्रमा भनिएको छ, ‘‘सो सम्बन्धनमा मतगणनापूर्व जे जस्तो सहमती भएको हो सो सहमतीका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने।’
साथै एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएकोमा मंसिर ४ गते आयोगको पत्रबमोजिम मतगणनालाई निरन्तरता दिनसमेत निर्णय गरेको आयोगले जनाएको छ ।
प्रतिनिधिसभाको मतगणनाको क्रममा एक सयभन्दा बढी मतपत्र प्रदेशसभाको फेला परेपछि सुरु भएको विवादका कारण आइतबारदेखि गणना रोकिएको थियो ।
नेकपा एमालेले पुनः मतदानको र नेपाली कांग्रेसले तत्काल मतगणनाको माग राखेका थिए।
उदयपुर क्षेत्र नं. १ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डा. नारायण खड्का र नेकपा एमालेबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा छन् । मतगणना रोकिनु अगाडिसम्म खड्काले अग्रता लिएका छन् ।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...