एजेन्सी, ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुई वटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
ब्राजिलमा विद्यालयमा गोली चलाउने बन्दुकधारीले सेमी अटोमेटिक हतियार बोकेको क्यामेरा फुटेजमा देखिएको छ ।
अनुहार छोपेको सो व्यक्तिले सेनाको पोसाक लगाएको देखिएको छ । यद्यपि गोली प्रहार गर्ने व्यक्ति १६ वर्षीय भएको आशङ्का गरिएको छ ।
सीएनएनका अनुसार उक्त राज्यको राजधानी भिटोरियाबाट ५० माईल उत्तरमा रहेको सानो सहर अराक्रुजमा सो आक्रमण भएको थियो ।
एस्पिरिटो सान्तोका गभर्नर रेनाटो कासाग्रान्डेले शुक्रबार ट्विटमा गर्दै, ‘सुरक्षा टोलीले आक्रमणकारीलाई पक्राउ गरेको छ जसले कायरतापूर्वक अराक्रुजका दुई विद्यालयमा आक्रमण गरेको थियो।
मैले अपूरणीय क्षतिको लागि शोकको रूपमा तीन दिनको आधिकारिक शोक घोषणा गरेको छु। हामी घटनाको कारणबारे अनुसन्धान जारी राख्नेछौँ र चाँडै नै निष्कर्षमा पुग्नेछौँ ।’
गभर्नरका अनुसार, ‘प्रिमो बिट्टी स्कुल र प्रिया डे कोक्वेरल शैक्षिक केन्द्रमा आक्रमणहरू भएका थिए ।’
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सो घटनाबारे ट्विट गर्दै अराक्रुज विद्यालयहरूमा भएको आक्रमणले आफू दुःखी भएको र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन आग्रह गराएका छन् ।
रासस/एएनआई
गोरखपुर, भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मङ्गलबार राति...
राहुल गान्धीले ‘भारत जोडो’ यात्रा पूरा गरेका छन् । उनको यो पैदल यात्रा १४६ दिन लामो रह्यो । तीमध्ये १०...
एजेन्सी, पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विष्टफोमा परी ज्यान गुमाउनेको संख्या ५९ जना पुगेको छ । यो मस्जिद पेशावरको...