एजेन्सी, स्पेन र जर्मनीले कतारमा जारी फिफा विश्वकप फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।
समूह ‘ई’अन्तर्गत अल बायट स्टेडियममा आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १/१ गोलको बराबरी खेले ।
प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले दोस्रो हाफमा गोल गरेका थिए । स्पेनले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन ।
स्पेनका लागि अल्भारो मोराटाले सुरुवाती गोल गरे । जर्मनीका निकलस फुलक्रुगले बराबरी गोल फर्काए ।
छैटौं मिनेटका ड्यानी अोल्मोको शसक्त प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । यता जर्मनीको एनेटोनियो रुडिगरले ४०औं मिनेटमा गरेको हेडगोल भिएआरको सहायतामा रेफ्रीले अफसाइड देखाएका थिए ।
त्यसपछि ६२ अौं मिनेटमा स्पेनका वैकल्पिक खेलाडी अल्भारो मोराटाले गोल गर्दै टोलीको उत्साह जगाए ।
उनले जोर्डी अल्बाको पासमा डिबक्सभित्र जर्मनीका रक्षकलाई छल्दै उत्कृष्ट गोल गरे ।
तर, स्पेनको अग्रतालाई जर्मनीले ८३औं मिनेटमा तोड्यो । जर्मनीका निकलस फुलक्रुगले काउन्टर प्रहारमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि थप गोल नहुँदा दुवै टोलीले एक एक अंक बाँडे ।
यस बराबरीसँगै समूह ‘ई’ मा सबै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ । दुई खेलबाट चार अंक बनाएको स्पेन शीर्षस्थानमा छ ।
जापान र कोस्टारिकाको समान तीन तीन अंंक छ । एक अंक बनाएको जर्मनी अन्तिममा छ ।
पोखरा, नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको...
एजेन्सी, आर्सनललाई १-० ले पराजित गर्दै म्यानचेष्टर सिटी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको प्रिमियर...
एजेन्सी, मड्रिड डर्वीमा एथलेटिकोलाई ३-१ गोलको नतिजामा पराजित गर्दै रियल स्पेनिस कोपा डेल रेको सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार...