२०७९ माघ १९
February 2, 2023, Thursday

२८ वर्षपछि विश्वकपमा सर्वाधिक दर्शक

२८ वर्षपछि विश्वकपमा सर्वाधिक दर्शक

एजेन्सी, लियोनेल मेसी चम्किएपछि अर्जेन्टिनाले शनिबार राति मेक्सिकोलाई २–० ले हराएर विश्वकप फुटबल प्रतियोगितामा नकआउट चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ।

मेसी र अर्जेन्टिनाको प्रभावका कारण लुसैले रङ्गशालामा सो खेल हेर्न ८८ हजार ९६६ दर्शकको उपस्थिति रहेको थियो।

सन् १९९४ मा अमेरिकामा ब्राजिल र इटालबीचको विश्वकपको फाइनल हेर्न क्यालिफोर्नियाका रोज बल रङ्गशालामा ९१ हजार १९४ दर्शकको उपस्थिति रहेको थियो।

सो खेलपछि अर्जेन्टिना र मेक्सिकोबीचको खेल हेर्न रङ्गशालामा सर्वाधिक दर्शक उपस्थित थिए। यद्यपि यो दर्शक सङ्ख्या विश्वकपको सर्वाधिक धेरै दर्शकको शीर्ष ३० मा पनि छैन।

सन् १९५० मा उरुग्वेले ब्राजिललाई हराएर पहिलो विश्वकप जित्दा ब्राजिलको रियो दी जेनेरियोमा अवस्थित माराकाना रङ्गशालामा एक लाख ७३ हजार ८५० दर्शकको उपस्थिति थियो।

यो नै अहिलेसम्मको सबभन्दा धेरै दर्शकको कीर्तिमान हो।

मेसीले करिब तीन दशकपछि धेरै दर्शक उपस्थित भएको खेलमा एक गोल गर्नुका साथै अर्को गोलमा सहयोगीको भूमिका निर्वाह गरी आफ्नो छाप छोडे ।

६४औँ मिनेटमा एन्जेल डी मारियाको पासमा मेसीले करिब २५ मिटरबाट बल गोलपोस्टमा छिराई अर्जेन्टिनालाई अगाडि पारे ।

यो मेसीको फुटबल खेल जीवनको महत्वपूर्ण गोल बनेको छ। पहिलो खेलमा साउदी अरबसँग २–१ ले स्तब्धकारी हार बेहोरेपछि अर्जेन्टिना दबाबमा थियो।

मेक्सिकोविरुद्धको कमजोर नतिजाले अर्जेन्टिनालाई समूह चरणबाट बिदा गर्ने थियो।

मेसीको अन्तर्राष्ट्रिय गोल सङ्ख्या ९३ पुगेको छ। खेलको ८७औँ मिनेटमा मेसीकै पासमा स्थानापन्न खेलाडी एन्जो फर्नान्डेजले गोल गरी अर्जेन्टिनाको जीत पक्का गरे ।

अर्जेन्टिनाका लागि फर्नान्डेजको यो पहिलो गोल हो।

एपी

Related News

सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय
सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय
  • २०७९ मंसिर १२, सोमबार ०८:०५ गते

पोखरा, नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको...

आर्सनललाई हराउँदै सिटी एफए कपको पाँचौ चरणमा
आर्सनललाई हराउँदै सिटी एफए कपको पाँचौ चरणमा
  • २०७९ मंसिर १२, सोमबार ०८:०५ गते

एजेन्सी, आर्सनललाई १-० ले पराजित गर्दै म्यानचेष्टर सिटी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको प्रिमियर...

रियाल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा
रियाल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा
  • २०७९ मंसिर १२, सोमबार ०८:०५ गते

एजेन्सी, मड्रिड डर्वीमा एथलेटिकोलाई ३-१ गोलको नतिजामा पराजित गर्दै रियल स्पेनिस कोपा डेल रेको सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार...

TOP