२०८१ बैशाख ७
April 19, 2024, Friday

कोरोना बीमाको दाबी भुक्तानी फेरि सुरु, पहिलो चरणमा १६ हजारलाई दिइने

कोरोना बीमाको दाबी भुक्तानी फेरि सुरु, पहिलो चरणमा १६ हजारलाई दिइने

काठमाडौं, निर्जीवन बीमा कम्पनीहरुले आजबाट कोरोना बीमाको दाबी भुक्तानी शुरु गरेका छन् ।

सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि १ अर्ब बिनियोजन गरिसकेको छ ।

सरकारले विनियोजन गरेको रकमको २५ प्रतिशत रकम बीमा कम्पनीहरुले थप गरेको र १२ प्रतिशत नेपाल रि इन्सुरेन्सले थप गरेको छ ।

बीमा प्राधिकरणले त्यसमा आठ प्रतिशत रकम थप गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

अहिलेको सो रकमले १६ हजार बीमितलाई भुक्तानी गर्न पुग्ने पौडेलले नेपालप्रेसलाई जानकारी दिए ।

जुन जुन बीमा कम्पनीबाट बीमा गरिएको हो सोही कम्पनीबाट बीमा रकम भुक्तानी हुने प्राधिकरणले जनाएको छ ।

कोरोनाकालमा बीमा गरेकाहरुको मितिका आधारमा जसको पहिला छ उसैलाई पहिला दिने गरी वित्तरण हुने प्राधिकरणले जनाएको छ ।

सरकारले दावी भुक्तानी गर्ने प्रतिबद्धता गरे पनि डेढ वर्षदेखि भुक्तानी रोकिएको थियो ।

१७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५ सय ५४ रूपैयाँ बराबरको दावी गरेका थिए । यसमा करिब साढे ३ अर्ब भुक्तानी भइसकेको छ भने १२ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी हुन बाँकी छ ।

Related News

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७९ मंसिर १३, मंगलवार ११:३३ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७९ मंसिर १३, मंगलवार ११:३३ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

बस र सुमो ठोक्किँदा सात घाइते
बस र सुमो ठोक्किँदा सात घाइते
  • २०७९ मंसिर १३, मंगलवार ११:३३ गते

बनेपा, वैशाख ६ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका –२ बेलामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा सात जना यात्रु...

TOP