२०८० मंसिर २०
December 6, 2023, Wednesday

ग्रेडरले कुल्चिएर बालिकाको मृत्यु भएपछि धनगढीमा तनाव, बजार बन्द

ग्रेडरले कुल्चिएर बालिकाको मृत्यु भएपछि धनगढीमा तनाव, बजार बन्द

धनगढी, धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा साइकलमा स्कुल जाँदै गरेकी बालिकाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर(पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार बालिका साइकलमा स्कुल जादै गर्दा सडकको लेवल मिलाउदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिएको थियो ।

ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको विरोधमा स्थानीय वासिन्दा र विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । विद्यार्थीले धनगढीको मुख्य सडक बन्द गर्दै टायर बालेर नाराबाजी गरेका छन् ।

Related News

अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
  • २०७९ मंसिर १५, बिहीबार १३:२७ गते

औषधी  व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ मंसिर १५, बिहीबार १३:२७ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
  • २०७९ मंसिर १५, बिहीबार १३:२७ गते

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...

TOP