हुम्ला, स्याउ उत्पादन राम्रो भएपनि किसानलाई यस वर्ष बजारको (बिक्री) गर्ने पिरलो भएको छ ।
जिल्लामा सडक यातायात नजोडिएका कारण जिल्ला बाहिर निकासी गर्न नपाइने भएकाले किसानलाई उत्पादन भएको स्याउ बिक्री गर्न समस्या भएको हो ।
सिमकोट गाउँपालिका –४ को बुराउसे गाउँका किसान यामबहादुुर लामाले आफ्नो फार्ममा यस वर्ष स्याउ उत्पादन राम्रो भएको भएपनि बजार नपाएको बताए ।
उनले तीन सय बोट लगाएकोमा एक सय बोटमा फलेको स्याउ १५० क्वीन्टल उत्पादन भएको जानकारी दिए ।
स्याउ राम्रो उत्पादन भएपनि बजार र भण्डारण समस्याका कारण उत्पादित स्याउ बोरामा राख्नु परिरहेको गुनासो सुनाए ।
केही स्याउ दैनिक डोकोमा बोकेर सिमकोट बजारमा लिएर उनले बिक्री गर्दै आएका छन् भने केही स्याउ बस्तुलाई काटेर दिने गर्नु परिरहेको बताए ।
सर्केगार्ड गाउँपालिका –३ को उनापानी गाउँका दिपक फडेराले पनि स्याउ राम्रो उत्पादन भएपनि बजार नभएका कारण खेर जाने अबस्थामा रहेको बताए ।
उनको पनि दुुई सय क्विन्टल स्याउ उत्पादन भएको छ । गाउँमै भएका कारण पैदल यात्रुुहरुले फाट्टफुुट्ट किन्ने गरे पनि धेरै स्याउ बाँकी रहेको छ ।
आधुुनिक प्रबिधिको भण्डारको पनि समस्या भएका कारण उहाँले स्थानीय प्रबिधिबाट बाँकी स्याउ भण्डारण गरिरहेका छन् ।
उनले हालसम्म पन्ध्र क्विन्टल स्याउ कुहिएर खेर गएको गुनासो सुनाउँदै उत्पादन राम्रो भएर पनि बिक्री समस्या भोग्नुु दुःखको भएको बताए ।
त्यसैगरी साढे तीन सय बोटको स्याउ फर्म सञ्चालन गर्दै आएका सिमकोट गाउँपालिका –६ का किसान जयचन्द्र रोकायाले तीन सय क्विन्टल स्याउ उत्पादन भएकोमा हालसम्म पचास हजारको स्याउ बिक्री गर्न सकिएको बताए ।
बजार नभए पनि स्याउ खेती गरेर पनि बेकार काम गरेको भान हुन थालेको बताउँदै सडक सञ्जाल नजोडिएकै कारण स्याउबाट किसान मनग्य आम्दानी गर्न नपाएको दुःखेसो पोखे ।
कृषि बिकास कार्यालयको तत्थ्याङ्क अनुसार यस्ता ब्यावसायिक स्याउ खेती गर्ने किसान डेढ सयभन्दा बढी रहेका छन् ।
कार्यालयको सूचना अधिकारी धर्मेन्द्र अधिकारीले किसान समस्यामा परेको बताए ।
हुम्लामा स्याउको बजार भनेको सिमकोट बजार भएको र अन्यत्र कतै बिक्री गर्न सकिने अबस्था नरहेको बताए ।
यस वर्ष स्याउ कति उत्पादन भयो भन्ने बिबरण कार्यालयले संकलन गरिरहेको जनाएको छ । गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन राम्रो रहेको निस्कर्ष कार्यालयले निकालेको छ ।
हुम्ला स्याउ बिक्री गर्ने बैज्ञानिक प्रणाली नभएर दानाको हिसावले बिक्री गर्ने गरिन्छ ।
हाल प्रतिदाना दश रुपियाँमा बिक्री हुनेगरेको छ । हवाई उडान कम हुनुु र भए पनि ढुवानी महङ्गो हुने भएका कारण किसानहरु हवाई मार्गबाट ढुवानी गर्ने आँट गरेका छैनन् ।
काठमाडौं ।नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले ‘विश्व माटो दिवस २०२३’ बिभिन्न कार्यक्रम गरी मनाउँदैछ । ‘माटो र पानी, जीवनको थालनी’...
नेपाली बजारमा सुनकाे मूल्यमा लगातार तीन दिन रेकर्ड कायम गरेको छ । सुनको मूल्यमा सोमवारयता नयाँ रेकर्ड कायम भइरहेको छ...