२०८१ बैशाख ६
April 18, 2024, Thursday

फिफा विश्वकप : अन्तिम १६ का आठ टोलीको टुंगो लाग्यो, कसको भिडन्त कोसँग ?

फिफा विश्वकप : अन्तिम १६ का आठ टोलीको टुंगो लाग्यो, कसको भिडन्त कोसँग ?

एजेन्सी, फिफा विश्वकप अन्तर्गत हालसम्म चारवटा समूहका खेलहरू समाप्त भएका छन् । यी चार समूहबाट अन्तिम १६ मा प्रवेश गर्ने ८ वटा टोलीको टुंगो लागिसकेको छ ।

बुधबार राति समूह सी र डीका खेलहरु सम्पन्न भए । समूह सीबाट अर्जेन्टिना समूह विजेता र पोल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
त्यस्तै, समूह डीबाट फ्रान्स र अस्ट्रेलिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अर्को चरणमा स्थान बनाएका छन् ।

अब नकआउट चरणमा अर्जेन्टिनाले अस्ट्रेलियाको ४ डिसेम्बरको बिहान सामना गर्नेछ भने फ्रान्स र पोल्याण्डबीच भिडन्त हुनेछ ।

यसअघि समूह एबाट नेदरल्याण्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो भने सोही समूहबाट सेनेगल उपविजेता बन्न सफल भएको थियो ।

उता समूह बीबाट इंग्ल्याण्ड र अमेरिका समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश पाएका छन् ।

अन्तिम १६ मा दुई समूहका विजेता र उपविजेताबीच भिडन्त हुनेछ । अन्तिम १६ को पहिलो खेलमा समूह एको विजेता नेदरल्याण्ड्सले समूह बीको उपविजेता अमेरिकाको सामना गर्नेछ ।

दुई टोलीबीच ३ डिसेम्बरमा खलिफा अन्तर्राष्ट्रिय स्टेडियमा खेल हुनेछ । त्यस्तै, समूह बीको विजेता इंग्ल्याण्डले समूह एको उपविजेता सेनेगलसँग खेल्नेछ ।

दुई टोलीबीच अद बयात स्टेडियममा डिसेम्बर ५ को बिहान खेल हुनेछ ।

Related News

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
  • २०७९ मंसिर १५, बिहीबार ११:१० गते

काठमाडौँ, एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ ।...

नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
  • २०७९ मंसिर १५, बिहीबार ११:१० गते

काठमाण्डाै – ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनकाे लक्ष्य दिएकाे छ । अल अमिरात...

नेपाललाई मलेसियाले दियाे १ सय ४४ रनकाे लक्ष्य
नेपाललाई मलेसियाले दियाे १ सय ४४ रनकाे लक्ष्य
  • २०७९ मंसिर १५, बिहीबार ११:१० गते

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटमा नेपाललाई मलेसियाले १ सय ४४ रनकाे लक्ष्य दिएकाे छ । ओमानकाे अल अमिरात क्रिकेट...

TOP