काठमाडौं, दोहोरी गायिका कल्पना दाहाल विवाहवन्धनमा बाँधिएकी छन् । हाल अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग विवाह भको हो ।
गतजेठमा कल्पना र पुण्यले ईंगेजमेन्ट गरी अदालतमा कानूनी विवाह गरेका थिए । आज भने उनीहरुले परम्परागत रितिअनुसार विवाह गरेका हुन् ।
इमाडोलस्थित इन्द्रेणी बैंक्वेटमा आयोजित वैवाहिक समारोहमा चलचित्र तथा गायन क्षेत्रका केही कलाकारहरु सहभागी भएका थिए ।
लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय गायिका दाहाल इन्द्रेणीमा दोहोरी गाएपछि चर्चामा आएकी हुन् । उनले रमेश प्रसाईंसँग गाएको दोहोरी सुपरहिट भएको थियो ।
काठमाडौ, नेफ्टा अवार्ड आयोजनाका लागि फेम नेपाल प्रालि र ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले सम्झौता गरेका छन् । सम्झौता अनुसार काउन्सिलले...
काठमाडौं, लाइभ दोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको राति निधन भएको बताइएको छ । उनको पार्थिव शरीरलाई...
एजेन्सी, बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ले घरेलु मात्र नभएर विश्वभरको ‘बक्स अफिस’मा उच्च कमाइ गरेको छ। रिलिजको पहिलो दिनमा...