२०८० मंसिर २०
December 6, 2023, Wednesday

आन्दोलनका नाममा काठमाडौं महानगरभित्रका सार्वजनिक सम्पत्ति नोक्सान पारे क्षतिपूर्ति भराइने

आन्दोलनका नाममा काठमाडौं महानगरभित्रका सार्वजनिक सम्पत्ति नोक्सान पारे क्षतिपूर्ति भराइने

काठमाडौं , काठमाडौं महानगरपालिकाभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिमा नोक्सान पु¥याए सम्बन्धित पक्षबाटै त्यसबापतको क्षतिपूर्ति भराइने भएको छ।

काठमाडौंमा विभिन्न समयमा भइरहने विरोध प्रदर्शन, आन्दोलनलाई लक्षित गर्दै महानगरले आज सार्वजनिक सूचना जारी गरी सचेत गराएको हो।

महानगरले भनेको छ, ‘यस सूचनाको उल्लंघन गरी कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानि नोक्सानी गरेमा, क्षति पुर्याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानूनअनुसार कारबाही एवं हानि नोक्सानीबापतको क्षतिपूर्ति समेत कानूनबमोजिम भराइने व्यहोरा समेत यसै सूचनामार्फत सूचित गरिन्छ।’

महानगरभित्रका सरकारी, सार्वजनिक र सामुदायिक सम्पत्ति संरक्षणको दायित्व समेत आफ्नो रहेको महानगरले जनाएको छ।

महानगरले संघ, संगठन, निकाय, समूह, व्यक्ति वा अन्य जो कसैले जुनसुकै तरिका वा प्रक्रियाबाट त्यस्ता सम्पत्तिको नोक्सान गर्ने, क्षति गर्ने, नष्ट गर्ने वा अतिक्रमण गर्ने कार्य निषेध गरिएको सूचनामा उल्लेख छ।

Related News

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ मंसिर १६, शुक्रबार १५:१९ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
  • २०७९ मंसिर १६, शुक्रबार १५:१९ गते

औषधी  व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ मंसिर १६, शुक्रबार १५:१९ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

TOP