काठमाडौ, अधिवक्ता अर्जुनकुमार अर्याल, शकुन्तला भुसाल र सञ्जय न्यौपानेले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरलाई नियन्त्रण गर्न आवश्यक नीतिनियम र निर्देशनको मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइ दर्ता भएको रिटमा चर्को ब्याजदर नियन्त्रण र प्रमुख कार्यकारी अधिकृतको सेवा सुविधामा एकरुपता ल्याउन एकीकृत मापदण्ड माग गरिएको छ ।
निवेदनमा नियामनकारी निकाय नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई बैंकको चर्को ब्याजदरलाई एक अंकमा झार्नका लागि बजार र नेपाली अर्थतन्त्रको सुक्ष्म अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन योजनासहित नीतिगत तथा कार्यगत पहलकदमी गर्नु/गराउनु भनी परमादेश माग गरिएको छ ।
औषधी व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
बाह्रबिसे नगरपालिका–८ दमैटोल बस्ने ४५ वर्षीय लोक बहादुर नेपालीको सोमबार राति आगोले जलेर मृत्यु भएको छ । आफ्नै घरमा आगो...