दोलखा, दोलखाका दुवै प्रदेश सभा क्षेत्रमा सत्ता गठबन्धनमा उम्मेदवारले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभामा पनि गठबन्धनका उम्मेदवारको अग्रता छ ।
प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मतका साथ अग्रता लिइरहँदा एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मतले पछ्याइरहेका छन् ।
प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ को गौरीशंकर गाउँपालिका गणना सकिँदा गठबन्धनका उम्मेदवार कुन्दनराज काफ्लेले ४२४२ मतसहित अग्रता लिएका छन् भने एमालेका नरबहादुर श्रेष्ठले २९८३ मत पाएका छन् ।
अब मेलुङ गाउँपालिका गणना भइरहेको छ । सो क्षेत्रमा जिरी नगरपालिकासहित, तामाकोशी र बैत्यश्वर गाउँपालिको गणना भएको छैन् ।
क्षेत्र नम्बर २ मा गठबन्धनमा उम्मेदवार बर्मा लामाले ४९३४ मतले अग्रता लिएका छन् भने एमालेका भरत केसीको ४४२२ मत छ । शैलुङ गाउँपालिको गणना सकिँदा यो नतिजा आएको हो ।
गठबन्धनले गौरीशंकरका जुगुका २ बुथ र शैलुङको भुसाफेदा बुथमा मतदान केन्द्र नियन्त्रणमा लिएर एकलौटी मतदान गरेको आरोप छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...