२०८० मंसिर २१
December 7, 2023, Thursday

सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफलमा छौं : एमाले उपाध्यक्ष नेम्बाङ

सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफलमा छौं : एमाले उपाध्यक्ष नेम्बाङ

काठमाडौं– नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले निर्वाचनबाट प्राप्त अभिमतअनुसार सरकार गठनका विषयमा सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन्।

शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनादेशअनुरुप टुंगोमा पुग्न विगतका सबै गल्ती–कमजोरीलाई बिर्सेर सबै राजनीतिक दलसँग संवाद र छलफल सुरु गरिएको बताएका हुन्।

‘जनताले निषेधको राजनीतिलाई अस्वीकार गर्दै दिएको अभिमतलाई बुझेर दलहरूले एकअर्कासँग छलफल गरेर अगाडि बढ्नुपर्छ। एमाले जनताको यही सन्देशलाई आत्मसात गरेर नेपाली कांग्रेसलगायत सबै राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्छ’, उनले भने।

राजनीति भनेको सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट छलफल भइरहेको उल्लेख गर्दै उनले सबै दलले एकअर्कामा पानी बराबार गरेर अघि बढ्ने स्थिति अहिले नभएको बताए।

अब त्यो चरण सकियो । हिजो कहीँकतै त्यस्तो भएको रहेछ भने पनि त्यो गल्ती कमी–कमजोरी हो, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ’, नेम्बाङले भने।

उनले एमालेबाट विभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादीसँग पनि सहकार्य हुन सक्ने संकेत गरे।

प्रत्यक्षतर्फ कांग्रेस अगाडि भएपनि निर्वाचनको हालसम्मको परिणामले लोकप्रिय मत आफ्नो पार्टीलाई प्राप्त भएको जनाउँदै उनले हालको राजनीतिलाई सुझबुझपूर्ण ढंगबाट अघि लैजान जिम्मेवारीपूर्वक सबैसँग छलफल र सल्लाह गरिने बताए।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर १६, शुक्रबार १८:१५ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ मंसिर १६, शुक्रबार १८:१५ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ मंसिर १६, शुक्रबार १८:१५ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP