स्याङ्जा, स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । गुरुङ आफ्ना निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार चार सय १८ मतले अगाडि छन् ।
केहीबेर अघिसम्मको मत गणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले ११ हजार नौ सय २० मत प्राप्त गर्दा एमालेकी अर्यालले ९ हजार पाँच सय दुई मत ल्याएकी छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ५ हजार एक सय ९२ मत प्राप्त गरेका छन् । कुल ७० हजार एक सय ९१ मत खसेको क्षेत्र नं २ मा हालसम्म २८ हजार पाँच सय ८३ मत गणना भएको छ ।
हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भिरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ गतणना सकिएको छ । वडा नं १४ को मत गणना जारी छ ।
त्यसैगरी स्याङ्जा क्षेत्र नं २ ९१० मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्यालले आफ्ना प्रतिस्पर्धी एमालेका मोहन रेग्मीलाई दुई हजार ६ सय ५२ मतले पछाडि पारेका छन् अर्यालले १३ हजार आठ सय ४७ मत प्राप्त गर्दा रेग्मीले ११ हजार एक सय ९५ मत ल्याएका छन् ।
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...
रुसी सेनामा नेपाली पठाउने गिरोहका सदस्यहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझसम्म नेपाली युवाहरुलाई अवैध...