२०८१ बैशाख ८
April 20, 2024, Saturday

क्रिकेट लिग-२:नेपालद्वारा नामिबियालाई १९८ रनको लक्ष्य

क्रिकेट लिग-२:नेपालद्वारा नामिबियालाई १९८ रनको लक्ष्य

काठमाडौँ, आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली नामिबियालाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।

युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको एक बल बाँकी छदै अलआउट भएर १ सय ९७ रन जोड्यो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको योगदान गरे । आरिफ शेखले २३, आशिफ शेखले २० तथा अर्जून साउद र गुल्सन झाले समान १८/१८ रन जोडे ।

नामिबियाका लागि टांगेनी लुङगामेनले ३ तथा कार्ल बिर्केन्स्टोकले २ विकेट लिए । बर्नार्ड स्कोल्ज र जेरहार्ड इरासमसले एक(एक विकेट हात पारे ।

Related News

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित
एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित
  • २०७९ मंसिर १६, शुक्रबार १८:१८ गते

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले हरायाे...

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
  • २०७९ मंसिर १६, शुक्रबार १८:१८ गते

काठमाडौँ, एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ ।...

नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
  • २०७९ मंसिर १६, शुक्रबार १८:१८ गते

काठमाण्डाै – ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनकाे लक्ष्य दिएकाे छ । अल अमिरात...

TOP