२०८० चैत्र १६
March 29, 2024, Friday

निर्वाचनमा पराजित शेरधन पत्निसहित वालकोट पुगेर कांग्रेससँग संवाद गर्न दिए अध्यक्ष ओलीलाई सुझाव

निर्वाचनमा पराजित शेरधन पत्निसहित वालकोट पुगेर कांग्रेससँग संवाद गर्न दिए अध्यक्ष ओलीलाई सुझाव

काठमाडौ, एमाले नेता शेरधन राईले पार्टी अध्यक्ष केपी ओलीलाई नेपाली कांग्रेससँग सहकार्यका लागि संवाद थाल्न सुझाव दिएका छन् ।

शुक्रबार दिउँसो श्रीमतीसहित बालकोट पुगेका पूर्वमुख्यमन्त्री राईले जनताको जनादेशलाई आत्मसात गर्दै पहिलो र दोस्रो शक्ति र हैसियतमा जनअनुमोदित एमाले र कांग्रेसबीच संवाद सुरु गर्न ओलीलाई आग्रह गरेका हुन् ।

उनले निर्वाचन परिणामबाट पाठ सिक्दै स्थायी राजनीतिक शक्तिहरु मिलेर अगाडि बढ्न, देशलाई राजनीतिक स्थायित्व दिन, सुशासन कायम गर्न, विकास र समृद्विको अभियानलाई तीव्रता दिन बलियो र स्थिर सरकार बनाउनुपर्ने, सरकार बनाउने र भत्काउने फोहोरी खेल बन्द गर्नुपर्ने भन्दै कांग्रेससँग किन संवाद नथाल्ने भन्दै प्रश्न गरेका छन् ।

उनले गठबन्धनको औचित्य सकिएको भन्दै कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

‘देश र जनताको हित र स्वार्थलाई केन्द्र भागमा राखेर सहकार्य र प्रतिस्पर्धा किन नगर्ने ? कि नेपाली कांग्रेस अस्थिर शक्ति र समूहहरुकै वैशाखी टेकेर देश भाँडमै जावस भन्ने चाहन्छ ? देश र जनताको हितार्थ बहस, छलफल र संवाद थाल्न बिलम्ब नगरौं,’ राईले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले चौतर्फी घेराबन्दीका बाबजुद पनि ओलीको नेतृत्वमा एमाले सग्लो र प्रमुख शक्तिका रूपमा स्थापित हुन सफल भएको भन्दै अध्यक्षलाई बधाई पनि दिएका छन् ।

भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा उठेका राई माओवादी उम्मेदवार सुदन किराँतीसँग पराजित भएका हुन् ।

Related News

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
  • २०७९ मंसिर १६, शुक्रबार १६:४८ गते

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन...

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७९ मंसिर १६, शुक्रबार १६:४८ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ मंसिर १६, शुक्रबार १६:४८ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

TOP