२०८० चैत्र १६
March 29, 2024, Friday

स्पेनमाथि सनसनी जLत निकाल्दै जापान विश्वकपको अन्तिम १६ मा

स्पेनमाथि सनसनी जLत निकाल्दै जापान विश्वकपको अन्तिम १६ मा

एजेन्सी, सनसनीपूर्ण खेलमा स्पेनमाथि २-१ गोलअन्तरको जीत निकाल्दै एसियाली महारथी जापान समूह विजेताका रुपमा फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

स्पेनसँग पछि परेको स्थितिलाई उल्टाएर जीत निकाल्दा जापान समूह ई को विजेतासमेत बन्यो । समूहमा पूर्व विश्व च्याम्पियनहरु स्पेन र जर्मनी दुवैलाई हराएको जापानले कोष्टारिकासँग हार बेहोरेको थियो ।

६ अंकसहित समूह विजेता बनेको जापानले समूह एफको उपविजेता क्रोएसियासँग क्वाटरफाइनल प्रवेशका लागि खेल्नेछ । उपविजेता स्पेनले भने सो समूहको विजेता मोरक्कोसँग खेल्नेछ ।

खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ११औं मिनेटमै अल्भारो मोराटाले गरेको गोलबाट पछि परेको जापान पहिलो हाफमा पूर्णतया स्पेनको छायाँमै थियो ।

दोस्रो हाफमा स्पेनको टिकिटाकामाथि हावी देखिएको जापानले सुरुवाती ६ मिनेटमै २ गोल फर्काउन सक्यो । ४८औं मिनेटमा रित्सु डोआन र त्यसको तीन मिनेटपछि आओ तानाकाले गोल गरेपछि जापान खेलमा फर्कियो ।

Related News

आयरल्यान्डसँग नेपाल ‘ए’ २१ रनले पराजित
आयरल्यान्डसँग नेपाल ‘ए’ २१ रनले पराजित
  • २०७९ मंसिर १६, शुक्रबार ०८:२९ गते

काठमाडौं, चैत १६ गते। आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ २१ रनले पराजित भएको छ।  टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई...

नेपाल ‘ए’ र आयरल्यान्डबिचको पहिलो खेल रद्द
नेपाल ‘ए’ र आयरल्यान्डबिचको पहिलो खेल रद्द
  • २०७९ मंसिर १६, शुक्रबार ०८:२९ गते

काठमाडौँ, चैत १५ गते । नेपाल ‘ए’ र आयरल्यान्डबिचको बिहीबारका लागि तय भएको पहिलो खेल वर्षाका कारण रद्द भएको छ । तीन...

नेपालले आयरल्याण्ड उल्भ्सलाई दियो १ सय ९९ रनको लक्ष्य
नेपालले आयरल्याण्ड उल्भ्सलाई दियो १ सय ९९ रनको लक्ष्य
  • २०७९ मंसिर १६, शुक्रबार ०८:२९ गते

दोस्रो मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले आयरल्याण्ड उल्भ्सलाई एक सय ९९ रनको लक्ष्य दिएको छ । त्रिबि क्रिकेट मैदानमा टस जितेर...

TOP