काठमाडौ, उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं महानगरपालिकासंगको समन्वयमा काठमाडौं महानगरपालिका अन्तरगतका ८९ वटा सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा दिन सुरु गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार बालबालिकामा ट्राफिक सचेतना अभिवृद्दि गराउने उद्धेश्यले कक्षा संचालन गरिएको बताए ।
सचेतना कक्षामा बाटोमा हिँडदा र वाटो काट्दा ध्यान पुर्याउनु पर्ने कुराहरु एवं सडक सुरक्षा सम्बन्धी आधारभूत कुराहरु सम्बन्धामा जानकारी गराइएको थियो ।
महानगरपालिका अन्तरगत रहेका सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकालाई विद्यालयको एसेम्बलीको समयमा ट्राफिक नियम सम्वन्धी सचेतना कक्षामा सहभागी गराइएको थियो ।
त्यसपश्चात विद्यालयसंँगको समन्वयमा थप सचेतना कक्षाहरु संचालन गरी ईच्छुक विद्यार्थीहरुलाई ट्राफिक स्वंसेवकका रुपमासमेत परिचालन गरिने ट्राफिक जनाएको छ ।
ट्राफिक प्रहरीले काठमाडौं नक्साल स्थित श्री नन्दीरात्रि माध्यमिक विद्यालय,श्री केन्द्रीय बहिरा माध्यमिक विद्यालय, श्री कमल आधारभूत विद्यालय, महाराजगंज स्थित श्री शिवपुरी माध्यमिक विद्यालय र, बानेश्वर स्थित श्री रत्नराज्य माध्यमिक विद्यालयमा अध्ययनरत १९३० जना बालबालिकालाई सचेतना कक्षा दिएको थियो ।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...