काठमाडौ, सत्तारुढ दल नेकपा (माओावादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा हुनेछ ।
शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो ।
आजको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जनाइएको छ ।
बैठक दिउँसो २ बजेपछि पार्टी कार्यालयमा पेरिसडाँडामा बस्नेछ ।
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...