२०८० मंसिर २१
December 7, 2023, Thursday

विश्वकप लिग–२ सिरिजमा स्कटल्याण्डसँग खेल्दै नेपाल

विश्वकप लिग–२ सिरिजमा स्कटल्याण्डसँग खेल्दै नेपाल

काठमाडौ, आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबिया भ्रमणमा रहेको नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ ।

यी दुई टोलीबीचको खेल दिउँसो १ः४५ देखि विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा सुरु हुनेछ ।

जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले वर्षाका कारण नामिबियासँग अंक बाँडेको थियो ।

अहिलेसम्म विश्वकप लिग–२ मा स्टकटल्याण्डले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उसले २९ म्याच खेल्दा २० मा जीत र ७ खेलमा मात्र हार बेहोरेको छ । स्कटल्याण्डले २ खेलमा भने अंक बाँडेको छ ।

एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्म स्कटल्याण्डसँग नेपालले दुई म्याच खेलेको छ । जसमा नेपालले एकमा जित र एक खेलमा हार बेहोरेको छ ।

Related News

नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
  • २०७९ मंसिर १८, आईतवार ०७:३९ गते

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
  • २०७९ मंसिर १८, आईतवार ०७:३९ गते

 दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...

बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
  • २०७९ मंसिर १८, आईतवार ०७:३९ गते

बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...

TOP