२०८० मंसिर २१
December 7, 2023, Thursday

सत्ता सहकार्यका लागि प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीले पठाए सन्देश

सत्ता सहकार्यका लागि प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीले पठाए सन्देश

काठमाडौं, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी सत्ता सहकार्य लागि सन्देश पठाएका छन् ।

कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार उच्च स्रोतले जनाएको छ । गतआइतबार कांग्रेस नेता सिंह ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

सिंहको सचिवालयका अनुसार पहिला प्रधानमन्त्री देउवालाई भेटेर नेता सिंह ओली भेट्न बालकोट पुगेका हुन् ।

ओलीसँग भएको कुराकानीबारे सिंह बुधबार साझा बालुवाटार गएर प्रधानमन्त्री देउवालाई ब्रिफ्रिङ गरेका थिए ।

ओलीको सन्देशमा भनिएको छ-‘सत्ता गठबन्धन बहुमत पुग–नपुग अवस्थामा छ । पुतली जस्तो सरकार बनाउनुभन्दा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएर जान सकिन्छ ।

हामी त्यसका लागि तयार छौं । तपाईंको सभापतिलाई भन्नुहोला ।’ वर्तमान गठबन्धनलाई अगाडि बढाउने विषयमा गडबड भए मात्र एमाले मिलेर सरकार बनाउन कांग्रेसले कसरत गर्ने बुझिएको छ ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर १८, आईतवार १४:३२ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ मंसिर १८, आईतवार १४:३२ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ मंसिर १८, आईतवार १४:३२ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP