२०८० मंसिर २१
December 7, 2023, Thursday

एमालेका बालकृष्ण शिवाकोटीलाई हराउँदै दोलखाबाट माओवादीका गंगा कार्की निर्वाचित

एमालेका बालकृष्ण शिवाकोटीलाई हराउँदै दोलखाबाट माओवादीका गंगा कार्की निर्वाचित

दोलखा, दोलखाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की निर्वाचित भएका छन् ।

उनी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई ३१७ मतान्तरले हराउँदै प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

विजयी भएका कार्कीले ३६ हजार ७९९ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी शिवाकोटीले ३६ हजार ४८२ ले मत प्राप्त गरे ।

यद्यपि औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । प्रतिनिधिसभातर्फको मतगणना सकिएको र रुजु गर्ने कार्य भइरहेको दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

दोलखामा कुल १ लाख ६१ हजार ४ सय ५० मतदाता रहेका थिए । त्यहाँ १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार प्रतिस्पर्धामा थिए ।

दोलखा प्रदेशसभा (क) मा कांग्रेस उम्मेदवार कुन्दनराज काफ्ले र प्रदेशसभा (ख) मा नेकपा एमालेका भरत केसी विजयी भएका छन् । दोलखामा समानुपातिक गणना भने जारी छ ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर १९, सोमबार ०९:३१ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ मंसिर १९, सोमबार ०९:३१ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ मंसिर १९, सोमबार ०९:३१ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP