२०८० मंसिर २१
December 7, 2023, Thursday

तीन दशकपछि दोलखामा वामपन्थी किल्ला तोड्दै कांग्रेसको जीत, प्रदेशसभामा काफ्ले विजयी

तीन दशकपछि दोलखामा वामपन्थी किल्ला तोड्दै कांग्रेसको जीत, प्रदेशसभामा काफ्ले विजयी

दोलखा, दोलखाको प्रदेश सभा १(१) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले विजयी भएका छन्।

नेकपा (एमाले) का जिल्ला अध्यक्ष समेत रहेका नरबहादुर श्रेष्ठलाई सात हजार ८७५ मतान्तरले पछि पार्दै काफ्‍ले विजयी भएका हुन्।

उनले २३ हजार ३५६ मत पाएका छन्। श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरे। २०५१ को मध्यावधि निर्वाचनपछि कांग्रेसले उक्त क्षेत्रमा जित हासिल गर्न सकेको थिए।

कांग्रेसका भीमबहादुर तामाङले मध्यावधि जितेपछि पहिलोपटक कांग्रेस उम्मेदवार उक्त क्षेत्रमा विजयी भएको हो। २८ वर्षपछि कांग्रेसले वामपन्थी किल्ला तोडेको हो।

मध्यावधि पछि पनि उक्त क्षेत्रमा वामपन्थी दल नै विजयी हुँदै आएका छन्। संविधान सभा सदस्य निर्वाचन २०६४ मा दोलखाका दुबै क्षेत्र माओवादीले जितेको थियो।

२०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा दुबै क्षेत्रमा एमालेले जित हासिल गरेको थियो। संघीय संरचनामा पहिलो पटक भएको निर्वाचनमा वाम गठबन्धनले जित हासिल गरेको थियो।

प्रतिनिधि सभामा एमालेका पार्वत गुरुङ विजयी हुँदा प्रदेशमा एमालेकै पशुपति चौलागाईं र माओवादी केन्द्रका विशाल खड्का निर्वाचित भएका थिए।

तर योपटक वाम किल्ला तोड्दै काफ्ले निर्वाचित भएका हुन्। २०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका काफ्ले २०५७ मा स्ववियु सचिव बनेका थिए। २०६० मा पशुपति क्याम्पसको स्ववियु सभापति भएका थिए।

२०६१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा निर्वाचित उनी केन्द्रीय कोषाध्यक्ष हुँदै २०७३ मा महामन्त्री चयन भएका थिए। कांग्रेसको १४औँ महाधिवेशनमा उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर १९, सोमबार ०७:४६ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ मंसिर १९, सोमबार ०७:४६ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ मंसिर १९, सोमबार ०७:४६ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP