२०८० मंसिर २१
December 7, 2023, Thursday

दोलखामा फेरि पछि परे गंगा कार्की, ३० मतले बालकृष्ण शिवाकोटीको अग्रता

दोलखामा फेरि पछि परे गंगा कार्की, ३० मतले बालकृष्ण शिवाकोटीको अग्रता

दोलखा, दोलखाको मतगणना अन्तिम चरणमा छ। मुख्य निर्वाचन अधिकृतले दिएको पछिल्लो विवरण अनुसार यहाँ नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको छ।

यहाँ माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की फेरि पछि परेका छन्। अहिलेसम्म यहाँ ७८ हजार ३ सय ४६ मत गणना भएको छ।

एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ३३ हजार ९ सय ३९ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ३३ हजार ९ सय ९ मत प्राप्त गरेका छन्।

सुरुदेखि नै रोचक बन्दै गइरहेको यहाँको प्रतिस्पर्धामा पछिल्लो मतपरिणाममा झनै रोचक बन्दै गएको छ। अहिले कार्कीभन्दा शिवाकोटी ३० मतले अघि रहेको निर्वाच्न अधिकृतको कार्यालयले जनाएको छ।

यहाँ सुरुदेखि नै यी दुई उम्मेदवारबीच उछिनापछिन भइरहेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ३ हजार २ सय ४८ मत बदर भएको छ।

Related News

राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
  • २०७९ मंसिर १९, सोमबार ०७:३४ गते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...

नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
  • २०७९ मंसिर १९, सोमबार ०७:३४ गते

 नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
  • २०७९ मंसिर १९, सोमबार ०७:३४ गते

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...

TOP