एजेन्सी, इंग्ल्याण्ड कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
गएराति सम्पन्न नकआउट चरणको खेलमा सेनेगललाई ३–० ले हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।
अल बायेट रंगशालामा भएको खेलमा इंग्ल्याण्डको जीतमा जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक/एक गोल गरे ।
अब इंग्ल्याण्डले क्वाटरफाइनलमा गत विजेता फ्रान्सविरुद्ध खेल्नेछ । फ्रान्स पोल्याण्डलाई ३–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
इंग्ल्याण्ड र सेनेगलले सेमिफाइनल प्रवेशका लागि आगामी शनिबार प्रतिस्पर्धा गर्नेछन् ।
पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...
दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...
बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...