एजेन्सी, कतारमा जारी विश्वकप फुटबलमा ब्राजिल क्वार्टरफाइनलमा पुगेको छ । आज राति भएको खेलमा एशियाली टिम दक्षिण कोरियालाई ४–१ गोलले पराजित गर्दै ब्राजिलले क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।
अब उसले क्वार्टरफाइनलमा क्रोएसियासँग सामना गर्नेछ । गएराति भएको खेलमा क्रोएसियाले अर्को एशियाली टिम जापानलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।
ब्राजिलका लागि आज पहिलो गोल खेलको सातौं मिनेटमा भिनिसियस जुनियसले गरेका थिए । १३ औं मिनेटमा ब्राजिलले पाएको पेनाल्टीलाई गोलमा परिणत गरे ।
रिचार्लिसनमाथि फउल भएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो। खेलको २९ औं मिनेटमा रिचार्लिसनले गोल थपे। त्यस्तै लुकास पक्वेटाले ३६ औं मिनेटमा भिनिसियसको पासमा गोल थप्दा आक्रामक खेल खेलेको ब्राजिल पहिलो हाफमै चार गोल गरेको थियो ।
कोरियाका लागि खेलमा ७६ औँ मिनेटमा पाइक होलेले गोल गरेका थिए ।
पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...
दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...
बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...