एजेन्सी, दिल्ली नगर निगम (एमसिडी)मा आमआद्मी पार्टी (आप)ले बहुमत प्राप्त गरेको छ । पछिल्लो चुनावी परिणामसँगै १५ वर्षदेखि सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) सत्ताबाट बाहिरिएको छ ।
२५० सिटमध्ये आपले १३४ सिटमा विजय हासिल गरेको छ भने कांग्रेस आईले नौ र अन्य दलले तीन सिट प्राप्त गरेका छन् ।
चुनावी परिणाम सार्वजनिक भए लगत्तै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले दिल्लीका जनतालाई बधाई दिएका छन् । उनले कामका लागि केन्द्र सरकारको पनि सहयोग चाहिने र प्रधानमन्त्रीको पनि आशीर्वाद चाहिने बताएका छन् ।
अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...
अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...