२०८१ श्रावण ९
July 24, 2024, Wednesday

दीपिका पादुकोणले फिफाको अन्तिम खेलमा विश्वकप ट्रफी अनावरण गर्ने

दीपिका पादुकोणले फिफाको अन्तिम खेलमा विश्वकप ट्रफी अनावरण गर्ने

एजेन्सी, कतारमा फिफा विश्वकप २०२२ धुमधामसँग आयोजना भइरहेको छ । सामाजिक सञ्जालमा हरेक दिन फिफाका खेल छाइरहन्छन् ।

फिफा विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । दीपिका पादुकोणलाई फाइनल खेलको विशेष जिम्मेवारी दिइएको छ ।

दीपिका पादुकोणले फाइनल खेलको ट्रफी अनावरण गर्नेछिन् । दीपिका पादुकोण फिफा विश्वकप २०२२ को फाइनल खेलको ट्रफी अनावरण गर्न रोजिएकी पहिलो ग्लोबल स्टारसमेत हुन् ।

अब दीपिका फिफा विश्वकप २०२२ को फाइनल खेलका लागि कतार पुग्नेछिन् । यहाँ पुगेसँगै दीपिकाले फिफा विश्वकप ट्रफी अनावरण गर्नेछिन् ।

यद्यपि, यसबारे आधिकारिक जानकारी भने दिइएको छैन । तर, मिडिया रिपोर्टका अनुसार दीपिकाको नाम लगभग तय भइसकेको छ ।

दीपिका १८ डिसेम्बरअघि नै कतार प्रस्थान गर्नेछिन् । खेलकोे प्रतिस्पर्धा अघि नोरा फतेहीले पनि यहाँ प्रदर्शन गरेकी थिइन् ।

Related News

विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
  • २०७९ मंसिर २१, बुधबार ०७:०६ गते

काठमाडौं । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले...

कबड्डी टोली बंगलादेश प्रस्थान
कबड्डी टोली बंगलादेश प्रस्थान
  • २०७९ मंसिर २१, बुधबार ०७:०६ गते

काठमाडौं । चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका...

विश्वकपका लागि क्यानको प्रारम्भिक टोलीमा को–को परे ?
विश्वकपका लागि क्यानको प्रारम्भिक टोलीमा को–को परे ?
  • २०७९ मंसिर २१, बुधबार ०७:०६ गते

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटको लागि प्रारम्भिक टिम घोषणा...

TOP