२०८० मंसिर २१
December 7, 2023, Thursday

यसरी गर्दैछ निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँडफाँट

यसरी गर्दैछ निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँडफाँट

काठमाडौं, यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारणको तयारी गरेको छ ।

आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उक्त प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मतसङ्ख्या, प्रतिशत र सिट सङ्ख्या निर्धारण गरी सोबारे निर्णयको प्रस्ताव तयार गरेको छ ।

मुख्य निर्वाचन अधिकृत आयोगका सचिव गोकर्णमणि दुवाडी, सम्बन्धित उच्च अधिकारी र तथ्याङ्कसम्बन्धी विज्ञ सो कार्यमा संलग्न छन् ।

सो कार्यालयले आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको आँकडा र निर्वाचन अधिकृतिको कार्यालयबाट लिखतरूपमा प्राप्त विवरणलाई भिडाएर अलगअलग परिणाम प्रतिवेदन (प्रस्ताव) को तयारी गरिरहेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आजै सबै परिणामको विवरण टुङ्गो लगाउन निर्देशन दिएका छन् ।

आयोगबाट निर्णयलगत्तै बुधबार सम्बन्धित दललाई पत्र पठाइनेछ । प्रतिनिधि सभातर्फ कूल सदर मतको तीन र प्रदेशसभातर्फ कूल सदर मतको एक दशमलव पाँच प्रतिशत मत ल्याउने दलले थ्रेस होल्ड कटाएको मानी स्थान निर्धारण गरिनेछ ।

उक्त थ्रेसहोल्डको प्रतिशत कटाए पनि प्रति सांसदका लागि आवश्यक पर्ने मतभार बराबरको मत सङ्ख्या प्राप्त नगरेमा ती दलले समानुपातिकमा सदस्य सिफारिस गर्न पाउने छैनन् ।

आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् ।

दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मङ्सिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी छ ।

Related News

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ मंसिर २१, बुधबार ०६:४४ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
  • २०७९ मंसिर २१, बुधबार ०६:४४ गते

औषधी  व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ मंसिर २१, बुधबार ०६:४४ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

TOP