२०८० मंसिर २१
December 7, 2023, Thursday

संसद् सचिवालयले चोलेन्द्रलाई दियो महाभियोग निष्क्रिय भएको पत्र

संसद् सचिवालयले चोलेन्द्रलाई दियो महाभियोग निष्क्रिय भएको पत्र

काठमाडौ, संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग निष्क्रिय भएको पत्र दिएको छ।

राणाले मंगलबार संसद सचिवालयमा आफ्नो महाभियोगका विषयमा जानकारी माग गर्दै संसद् सचिवलायमा पत्र पठाएका थिए।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले मंगलबार नै राणाको महाभियोग निष्क्रिय भएको जवाफसहितको पत्र पठाएका थिए।

संसद् सचिवलायका प्रवक्ता रोजनाथ पाण्डेले मंगलबार राणाले दिएको पत्रको जवाफ पठाइएको नेपालखबरलाई बताए।

‘उहाँले निवेदन दिनुभएको थियो, हिजै त्यसको जवाफ उहाँलाई पठाइएको छ,’ पाण्डेले भने, ‘महाभियोग निष्क्रिय भएको हो वा अरु के हो थाहा भएन।’

४ मंसिरको चुनावबाट नयाँ सांसद चुनिएपछि प्रधानन्यायधीश राणाविरुद्धको महाभियोग पनि निस्क्रिय भएको पत्र पठाइएको बताइएको छ।

१ असोजमा राणाविरुद्धको महाभियोग सिफारिस गर्न गठन गरिएको समितिले प्रतिवेदन बुझाएको थियो।

गत फागुन १ मा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले राणाविरुद्ध महाभियोग दर्ता गराएपछि उनी स्वतस् निलम्बनमा परेका थिए।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर २१, बुधबार १३:५९ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ मंसिर २१, बुधबार १३:५९ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ मंसिर २१, बुधबार १३:५९ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP