२०८० मंसिर २०
December 6, 2023, Wednesday

सात प्रदेशमा एमालेलाई समानुपातिकमा ७० सिट, कांग्रेसलाई ६३, अरूलाई कति ?

सात प्रदेशमा एमालेलाई समानुपातिकमा ७० सिट, कांग्रेसलाई ६३, अरूलाई कति ?

काठमाडौं, नेकपा एमालेले सात वटै प्रदेशसभामा समानुपातिकतर्फ ७० स्थान प्राप्त गर्ने छ । निर्वाचन आयोगका अनुसार मधेस प्रदेशबाहेक सबै प्रदेशसभा एमाले समानुपातिक मतमा पहिलो छ ।

सातै प्रदेशमा २ सय २० जना प्रदेशसभाका सांसद समानुपातिक निर्वाचनबाट छानिन्छन् ।

एमालेले प्रदेश १ मा १५ सिट, मधेस प्रदेशमा ८, वाग्मती १४। गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा प्रदेश ५, सुदूरपश्चिममा ७ स्थानमा समानुपातिकबाट सुनिश्चित गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेसले ६३ प्राप्त गर्ने छ । कांग्रेसले मधेश प्रदेशमा समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

सो दलले प्रदेश १ मा १२, मधेसमा ९, वाग्मतीमा १२, गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिम प्रदेशमा ६ जना रहेका छन् ।

माओवादीले २९ स्थानमा प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ । सो दलले प्रदेश १, मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशमा ४््४ जना समानुपातिक संसद् प्राप्त गर्ने छ । त्यसैगरी वाग्मती प्रदेशमा ७, गण्डकी र लुम्बिनीमा ३÷३ जना सांसद प्राप्त गर्ने छ ।

नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेशमा कुनै स्थानमा गर्ने छैन । सो दलको समानुपातिकतर्फ प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १–१ जना समानुपातिकतर्फ प्रतिनिधित्व गर्नेछन्

त्यसैगरी मधेस प्रदेशमा ३ र वाग्मती प्रदेशमा २ समानुपातिक सिट प्राप्त गर्ने छ । जनता समाजवादी पार्टीले प्रदेश १ र लुम्बिनी मा एक–एक जना र मधेस प्रदेशमा ७ स्थानमा प्राप्त गर्नेछन् ।

त्यसैगरी हाम्रो नेपाली पार्टीले वाग्मती प्रदेशमा १ स्थानमा प्राप्त गर्ने छ भने नेपाल मजदुर किसान पार्टीले २ प्राप्त गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले मधेस प्रदेशमा १, लुम्बिनीमा २ र सुदूरपश्चिममा ३ समानुपातिक सांसद प्राप्त गर्ने छ ।

राजमोको लुम्बिनी प्रदेशमा एक स्थान प्राप्त गर्ने छ भने लोसपाले मधेस प्रदेशमा २ र लुम्बिनी प्रदेशमा १ स्थान प्राप्त गर्ने छ ।

सीके राउत नेतृत्वको मधेस प्रदेशमा ७ र लुम्बिनीमा २ स्थानमा प्राप्त गर्नेछ । नेपाली संघीय समाजवादीले मधेस प्रदेशमा १ समानुपातिक सिट पाउने छ ।

Related News

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ मंसिर २१, बुधबार ०६:५८ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
  • २०७९ मंसिर २१, बुधबार ०६:५८ गते

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ मंसिर २१, बुधबार ०६:५८ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

TOP